केपीको पालामा जात्रै जात्रा देखियो : माधव नेपाल

केपीको पालामा जात्रै जात्रा देखियो : माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा कहीँ नभएको जात्रा देखिएको बताउनुभएको छ । सत्ता गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले केपीको पालामा जात्रैजात्रा भएको टिप्पणी गर्नुभएको हो ।

‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने, तीन सय अस्पतालका भवन आजै उद्घाटन गरिदिने खालका कहीँ नभएको जात्रा जस्तो सबै एकै दिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भान्नुभयो ।

अध्यक्ष नेपालले गफले नभई काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिनुभयो । गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुन आग्रह गर्दै उहाँले गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मुर्ख बनाउन सकिने तर, काम गर्न नसकिनेतर्फ सचेत गराउनुभयो ।

काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उहाँले फिलिपिन्सको विकासको मोडलसमेत स्मरण गराउनुभयो ।

टिप्पणीहरू