प्रधानमन्त्रीले भरतपुरमा अरुलाई भोट माग्दा गृहजिल्लामा पत्नी देउवा ‘हरुवा’ भनेर उफ्रिँदै

प्रधानमन्त्रीले भरतपुरमा अरुलाई भोट माग्दा गृहजिल्लामा पत्नी देउवा ‘हरुवा’ भनेर उफ्रिँदै

हिजो दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरमा आयोजित आमसभामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न काँग्रेसीहरुलाई आह्वान गर्नुभयो । त्यतिनै बेला उता गृहजिल्ला डडेलधुरामा आयोजित काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै पत्नी डा. आरजु राणा देउवाले रुख चिन्ह लिएर नउठेको कुनै पनि मेयर काँग्रेसको मेयर नै हुन नसक्ने ठोकुवा गर्दै काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न आग्रह गर्नुभयो ।

उहाँले मतदाताहरुलाई भन्नुभयो, ‘काँग्रेसबाहेकका उम्मेदवारले जिते त्यस्ता पालिकामा हामी पैसा (बजेट) नै पठाउँदैनौं । अरुले जितेको स्थानीय तहमा किन हामी पैसा पठाउँछौँ ?’

उहाँले अझ आक्रामक ढंगले अन्य राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारहरुमाथि सांकेतिक रुपमा आरोप लगाउनुभयो, ‘यो करुवा, सरुवा, हरुवा पार्टीहरूलाई भोट नहाल्नुहोला । फेरि पछि पछुताउनुपर्ला । बजेट चाहिएको हो भने काँग्रेसका उम्मेदवारलाई मात्र छाप लगाउनुहोस् ।’

टिप्पणीहरू