ग्लोबल आइएमई र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सौर्य मिनी ग्रिड परियोजना निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ । आज ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसूदन अधिकारीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपाल सरकार तथा केन्द्रबीच सम्पन्न भएको सहायक ऋण सम्झौताबमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ । उक्त रकम ग्लोबल आइएमई बैंकले एक सय केडब्लूपी सौर्य मिनी ग्रिड परियोजना निर्माण÷जडान तथा विद्युत् वितरण कार्यको लागि ऋणको रूपमा उपलब्ध गराउने छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

टिप्पणीहरू