चुनावको कारण ३ दिन विद्यार्थीको पढाई रोकिने

चुनावको कारण ३ दिन विद्यार्थीको पढाई रोकिने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका सम्बन्धित विद्यालयहरुमा तीन दिन पठनपाठन नहुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको विज्ञप्तिमा उक्त कुरो उल्लेख गरिएको हो ।

मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित नगराउन र सो अवधिमा वैकल्पिक विधिबाट पठनपाठनको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयलाई आधार मान्दै शिक्षा मन्त्रालयले लेखेको पत्रको आधारमा वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र तोकिएका विद्यालयमा पठनपाठन नगराउन जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

मुलुकका अधिकांश मतदान केन्द्र सरकारी तथा सामुदायिक विद्यालयमा तोकिएको छ । तसर्थ मतदान केन्द्र तोकिएका विद्यालय बाहेक अन्यत्र पठनपाठन हुने भनिए पनि त्यसको कुनै अर्थ नरहेको शैक्षिक क्षेत्रका अगुवाहरु बताउँछन् ।

टिप्पणीहरू