ललितपुरको एकान्तकुनामा समातिएका १० जनाविरुद्ध अदालतबाट म्याद थप

ललितपुरको एकान्तकुनामा समातिएका १० जनाविरुद्ध अदालतबाट म्याद थप

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट १० जना पक्राउ परेका छन् । कार्यालयमा काम लिएर गएका सेवाग्राहीलाई झण्झट दिने र अलमलाउनेमध्ये १० जना समातिएका हुन् ।

यातायात व्यवस्था कार्यालयका अनुसार सेवाग्राहीलाई छिटो काम गराइदिने आश्वासनमा मोटो रकम मागेका बिचौलियाहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।
उनीहरु सबैलाई जिल्ला अदालत, ललितपुरबाट आजै म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेकामा ललितपुरको तिखेदेवल घर भएका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखा घर भएका ३४ वर्षीय विवेक थापा, धनुषा घर भएका ३५ वर्षीय दुनियाबहादुर राउत, काभ्रे घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर बाँडेगाउँ घर भएका ३९ वर्षीय सुनिल बज्राचार्य र ललितपुरको पाटनढोका घर भएका ३३ वर्षीय महेश सुवेदी हुन् ।

त्यसैगरी रामेछाप घर भएका २६ वर्षीय शिव दर्जी, एकान्तकुनाका २६ वर्षीय राजेश सुनुवार, बाराका २४ वर्षीय रोशन घिमिरे र काभ्रेपलाञ्चोक घर भएका ३३ वर्षीय कमल लामासहित पनि पक्राउ परेका छन् ।

यसअघि पनि सोही कार्यालयबाट १५ जना बिचौलिया पक्राउ परेका थिए ।

टिप्पणीहरू