युद्धसँगै सवारी दुर्घटनामा पनि युक्रेनी मारिए

युद्धसँगै सवारी दुर्घटनामा पनि युक्रेनी मारिए

युक्रेनमा हिजो भएको एउटा बस दुर्घटनामा धेरै जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको हो । पश्चिम युक्रेनको सिटने नजिकै यात्रुवाह बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोक्किँदा बसमा रहेका सबै यात्रुको निधन भएको हो ।

दुर्घटनामा अरु छ जना घाइते भएको बताइएको छ । दुई महिना अघिदेखि युक्रेनमा रुसी आक्रमण जारी छ । आक्रमणमा सैनिक र गैरसैनिक धेरैको निधन भइसकेको छ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू