आईजीपी नियुक्ती विवाद इजलास नम्बर १० मा

आईजीपी नियुक्ती विवाद इजलास नम्बर १० मा

सरकारले वरिष्ठता मिचेर प्रहरी प्रमुख नियुक्त गरेको विषयमा परेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुुवाई हुने भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराजा पोखरेलले अस्ति दायर गरेको रिटमाथि आज सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको हो ।

इजलास नम्बर १० को ४ नम्बर पेशीमा रहेको उक्त मुद्दामा वरिष्ठता मिचेर धिरेन्द्र प्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल अस्ति सर्वाेच्च पुगेका हुन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । सिंहले सोमबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह लगाएर पदीय जिम्मेवारी लिइसकेका छन् ।

पोखरेलेले आफूभन्दा कनिष्ठ एआईजीलाई बढुवा गरेको जिकीर गर्दै मुद्दा किनारा नलागेसम्म आफूलाई कायम मुकायम प्रहरी महानिरीक्षको जिम्मेवारी दिनुपर्ने मागदाबीसहित उत्प्रेषणको आदेश माग गरेका छन् ।

टिप्पणीहरू