एमसीसीका उपाध्यक्षले भेट मात्रै होइन, कैंची पनि चलाए

एमसीसीका उपाध्यक्षले भेट मात्रै होइन, कैंची पनि चलाए

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको भ्रमण सम्पन्न गरेर स्वेदश फर्केका छन् । अघिल्लो साता काठमाडौं आएका उनले राजनीतिक भेटघाटसँगै एमसीसीसँग सम्बन्धित केही कार्यक्रममा समेत सहभागी भएका हुन् ।तीन सदस्यीय टोलीको नेतृत्व गर्दै वाशिंगटनबाट काठमाडौं आइपुगेका ब्रुक्सले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटघाट र छलफल गरेका हुन् । उनले ती भेटघाटमा नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदनको निम्ति प्रभावकारी भूमिका खेलेकोमा सरकार, प्रधानमन्त्री र मन्त्री खड्का तथा कार्कीलाई अमेरिकी सरकारको तर्फबाट आभार व्यक्त गरेको बताइन्छ ।

सोही क्रममा उनले गत मंगलबार एमसीसीको सहयोगमा निर्मित सुपरपेभ विटुमिन प्रयोगशालाको उद्घाटन गरेका हुन् । ब्रुक्सले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका थिए ।

टिप्पणीहरू