नयाँ आईजीपीविरुद्ध दुई जना एआईजी, गृह सचिवद्वारा प्रष्टोक्ती

नयाँ आईजीपीविरुद्ध दुई जना एआईजी, गृह सचिवद्वारा प्रष्टोक्ती

धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आइजीपी) बनाएकोमा असन्तुष्ट दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आइजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा रिट लिएर आज सर्वोच्च अदालत पुगेका हुन् ।

रिटमा सिंहलाई आइजीपी नियुक्त गर्ने निर्णय बदर माग गरिएको छ । हिजो बसेको क्याबिनेट बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजीपी सिंहलाई आइजीपी बनाउने निर्णय गरेको हो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरका पोखरेलको नाम निर्णय गरेर पठाएको थियो ।

तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेपछि दुई वरिष्ठ एआइजीले कानुनी लडाई शुरु गरेका हुन् ।

यस विषयमा गृह मन्त्रालयले भने स्पष्टिकरण दिइसकेको छ । आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृहसचिव टेकनारायण पाण्डेले प्रष्ट पारेका छन् । नवनियुक्त आईजीपीलाई दज्र्यानी चिह्न प्रदान गरेपछि पाण्डेले नियुक्तिमा ज्येष्ठतालाई मात्र आधार नमानिने बताए ।

टिप्पणीहरू