लामो र चम्किलो कपालको रहस्य थाहा पाउने हो ?

लामो र चम्किलो कपालको रहस्य थाहा पाउने हो ?

चीनको क्वाङ्सी चुआङ् प्रान्तको रोङसुइको वुइङ मियाओ गाउँमा अस्ति शुक्रबार महिलाहरुले कपाल नुहाउने महोत्सव मनाएका छन् । उक्त महोत्सवमा नुहाउनेहरुले कुनै श्याम्पु वा साबुनको प्रयोग गरेका थिएनन् ।

उक्त गाउँका महिलाले लामो कपाल पाल्ने परम्परा र प्रचलन छ । कपाल राम्रो, लामो र नरम बनाउन स्थानीय महिला चामलको चौलानी प्रयोग गर्छन् । चौलानीलाई प्राकृतिक स्याम्पु मानिएकाले उनीहरु त्यसले आफ्नो कपाललाई सँधै स्वस्थ, नरम र चम्किलो राख्ने मान्यतामा विश्वास गर्दछन ।

चिनियाँ समाचार समिति सिन्ह्वाका प्रतिनिधिले तयार पारेको उक्त महोत्सवको भिडियो हेरौं ।

टिप्पणीहरू