धनाढ्य ब्वायफ्रेण्डका कारण ज्याकलिन शंकाको घेरामा

धनाढ्य ब्वायफ्रेण्डका कारण ज्याकलिन शंकाको घेरामा

बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नाण्डिजको सम्पत्ति जफत गरिएको छ । उनको सात करोड २७ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति भारतीय सम्पत्ति शुद्धिकरण निर्देशनालयले जफत गरेको हो ।

श्रीलंकाली नागरिक ज्याकलिन मुम्बईमा बस्छिन् । उनको जफत गरिएका सम्पत्तिमध्ये झण्डै छ करोड बराबरको सम्पत्ति भारतीय नागरिक सुकेश चन्द्रशेखरले उपहार दिएको रहस्य खुलेको छ ।

यसअघि दुई अर्ब रुपैयाँको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका चन्द्रशेखरले अभिनेत्रीलाई उक्त रकम दिएको खुलेको हो । त्यहि आधारमा ज्याकलिन पनि सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा तानिएकी हुन् ।

चन्द्रशेखरले ज्याकलिनलाई पटक पटक लाखौं डलर दिएको प्रमाण जुटेको छ । सुकेशले ज्याकलिनलाई निकै महँगो १५ जोडी इयररिङ, अति महँगो ब्याग र अन्य धेरै विलासी सामग्री उपहार दिएको पनि अनुसन्धानबाट खुलेको हो ।

उनले अभिनेत्रीलाई सात करोड रुपैयाँ बराबरको गहना र अन्य उपहार दिएका छन् । सुकेश हाल अनुसन्धानको घेरामा तानिएका दक्षिण भारतीय धनाढ्य व्यापारी हुन् । बैंगलोरका ३२ वर्षे उनी विवाहित हुन् । ज्याकलिन उनको प्रेमी भएको धेरै वटा प्रमाण र तस्बिर यसअघि नै सार्वजनिक भइसकेका छन् ।

सुकेशकी श्रीमती पनि अभिनेत्री लिन मारिया पौल हुन् ।

टिप्पणीहरू