को-को गए अमेरिकी दूतावासको कार्यक्रममा ? (फोटो फिचर)

को-को गए अमेरिकी दूतावासको कार्यक्रममा ? (फोटो फिचर)

हिजो राजधानीमा अमेरिकी दूतावासले नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्षको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गर्यो । होटल हायातमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी डा. आरजु देउवा उपस्थित हुनुहुन्थ्यो ।

अमेरिकी दूतावासको निम्तो मान्न परराष्ट्रमन्त्री डा.नारायण खड्का, अर्थमन्त्री जनार्दन शर्मा,कानुनमन्त्री दिलेन्द्र बडु,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बौध्द पुग्नुभएको हो ।त्यसैगरी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङ,पूर्वमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे,वर्षमान पुन,लोसपाका नेता राजेन्द्र महतो,एमाले नेता विष्णु रिमाल,पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि पुग्नुभएको थियो ।बैंकर अनिल शाह,उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, खेलाडीहरु, कलाकार तथा छानिएका सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो ।

 

टिप्पणीहरू