एमाले कुहिएर दक्षिणपन्थी भासमा पुगेको माधव नेपालको ठहर

एमाले कुहिएर दक्षिणपन्थी भासमा पुगेको माधव नेपालको ठहर

बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष बुढाथोकीसहित एक सयबढी कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आज नयाँ बानेश्वरको आलोकनगरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बुढाथोकीलगायत उक्त समूहका सयाैं नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

सो अवसरमा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुहिएर दक्षिणपन्थी भासमा भासिएपछि आफूहरुले पुष्पलालकालीन कम्युनिष्ट आन्दोलनलाइ निरन्तरता दिएर नयाँ पार्टी दर्ता गराएको बताउनुभएको छ । उहाँले कम्युनिष्ट आन्दोलनको निरन्तरता र क्रान्ति जोगाउन तथा नेपाली समाजको आमूल गरिवर्तनको निम्ति नेकपा एकीकृत समाजवादी निर्माण गर्नुपरेको उल्लेख गर्नुभयो ।

‘पुरानो पार्टी सबै हिसाबले कुहिने, दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगिसकेपछि हामीले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न, आन्दोलनलाई जोगाउन, आदर्शलाई साकार पार्न क्रान्तिकारी स्पिरिटलाई जोगाउँदै अघि बढ्न र नेपाली समाजको आमूल परिवर्तन गर्ने उद्देश्यका साथ अगाडि बढेका हौं,’ उहाँको भनाइ थियो ।अध्यक्ष नेपालले पार्टी दर्ता भएको आठ महिनामा आफूहरुले धेरै सफलता हासिल गरेको उल्लेख गर्दै पुराना र इमानदार नेता कार्यकर्ता एकीकृुत समाजवादीमा रहेकाले समाज परिवर्तन र देश विकासमा आफूहरुको योगदान महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

स्थानीय तह निर्वाचनका बारेमा जनतामा धेरै भ्रम रहेकाले कलम चिन्हका उम्मेदवारसहित गठबन्धनका उम्मेदवाहरुलाई जिताउन आग्रह गर्नुभएको छ । साथै जनताको घर दैलोमा पुगेर वर्तमान अवस्थाको भ्रम चिर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष बुढाथोकीसहित पार्टीमा समाहित भएका कार्यकर्ताहरुलार्ई अध्यक्ष नेपालसहित महासचिव डा. वेदुराम भुसाल उपमहासचिव डा. गंगालाल तुलाधरलगायत नेताहरुले खादा र टीका लगाएर सम्मान गर्नुभएको थियो ।

टिप्पणीहरू