प्रधानमन्त्रीसँग एमसीसी उपाध्यक्षको भेट

प्रधानमन्त्रीसँग एमसीसी उपाध्यक्षको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेट गर्नुभएको छ । ब्रुक्सले आज दिउँसो सवा १ बजेदेखि साढे १ बजेसम्म शिष्टाचार भेट गर्नुभएको हो ।

यसअघि उपाध्यक्ष ब्रुक्सले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुवै पक्षले नेपालमा एमसिसी परियोजना कार्यान्वयन, आर्थिक लाभलगायत विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू