पिता राष्ट्रपति, माता प्रधानमन्त्रीका छोरा कान्छो विदेशमन्त्री

पिता राष्ट्रपति, माता प्रधानमन्त्रीका छोरा कान्छो विदेशमन्त्री

पाकिस्तानमा बिलावल भुट्टो जर्दारी मुलुकको हालसम्मकै सबैभन्दा कान्छो उमेरका विदेशमन्त्री बनेका छन् । ३३ वर्षे जर्दारीले विदेश मन्त्रीको शपथ लिएपछि उक्त रेकर्ड कायम भएको हो ।

उनी पाकिस्तान पिपुल्स पार्टीको अध्यक्षसमेत हुन् । उनका पिता असिफ अलि जर्दारी मुलुकको पूर्व राष्ट्रपति हुन् । उनी पाकिस्तानको ११ औं राष्ट्रपति हुन् ।

माता बेनजिर भुट्टो भूतपूर्व प्रधानमन्त्री हुन् । बेनजिर पनि पाकिस्तानको ११ औं र १३ औं प्रधानमन्त्री थिइन् । उनी मुलुकको पहिलो महिला प्रधानमन्त्री समेत बनेकी छन् । तर उनको सन् २००७ को डिसेम्बर २७ तारिखका दिन हत्या गरिएको थियो ।

टिप्पणीहरू