आज निको हुनेभन्दा संक्रमितको संख्या धेरै

आज निको हुनेभन्दा संक्रमितको संख्या धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर २१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार सात सय ७५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै दुई सय ७१ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा १७ जनामा संक्रमण देखिएको छ । ललितपुर र भक्तपुरमा भने नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५४ रहेको छ । भक्तपुरमा छ र ललितपुरमा १६ जना छन् ।

आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भएको छ ।

टिप्पणीहरू