स्थानीय नेताले पत्रकार सम्मेलन गरे पनि मेयरका उम्मेदवार गलेनन्

स्थानीय नेताले पत्रकार सम्मेलन गरे पनि मेयरका उम्मेदवार गलेनन्

नेकपा एमाले ताप्लेजुङमा पनि स्थानीय तहमा उठाइएका उम्मेदवारको विषयमा चर्को विरोध भएको छ । सदरमुकामस्थित फुङलिङ नगरपालिकाको प्रमुखमा पुरानै मेयर दोहोरिने भएपछि हिजो सदरमुकाममा पत्रकार सम्मेलन गरेर विरोध जनाइएको हो ।

पाँच वर्षअघि पार्टीले टिकट दिएर विजयी भएका छत्रपति प्याकुरेलले सिद्धान्त विपरीत कैयौं काम गरेको भन्दै विरोध गरिएको हो । जनप्रतिनिधिका रुपमा चयन भएपछि गतिलो काम केही नगरेको,गत चुनावमा आफ्नै पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी विमला सेनेहाङलाई परास्त गर्न महत्वपूर्ण भूमिका खेलेकोलगायतका आरोप उनीमाथि पार्टीभित्रैबाट लागेको छ ।

“संगठन दुर्घटनामा परे त्यसको जिम्मेवारी राप्रपासँग सम्झौता गर्नेले लिनुपर्ने भन्दै प्याकुरेलप्रति संकेत गरेका हुुन् ।”

अहिले पनि एमालेले प्याकुरेललाई मेयर पद दिने भएपछि उनको विरोध पार्टीभित्रैबाट भएको हो । यसअघि सेनेहाङलाई उपमेयरबाट हटाउन उनले राप्रपासँग तालमेल गरेको प्रमाणसहित हिजो पत्रकार सम्मेलन गरिएको थियो । जिल्लाका अन्य नेताले प्याकुरेललाई फेरि मेयर पदमा नदोहोर्याउन केन्द्र,प्रदेश र जिल्ला कमिटीमा आग्रह गरेको बताइएको छ ।

‘फेरि पनि उनलाई मेयर पद दिइएमा पार्टी दुर्घटनामा जाने छ,’ पत्रकार सम्मेलनमा भनिएको छ । जिल्लाका एक जना नेताले एमालेको संगठन दुर्घटनामा परे त्यसको जिम्मेवारी राप्रपासँग सम्झौता गर्नेले लिनुपर्ने भन्दै प्याकुरेलप्रति संकेत गरेका हुुन् । पत्रकार महासंघ ताप्लेजुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एमालेले मेयरको टिकट अरुलाई नै दिनुपर्ने माग राखेका छन् ।

टिप्पणीहरू