समाजवादीलाई मेयर दिएकोमा तल आगो

समाजवादीलाई मेयर दिएकोमा तल आगो

समाजवादीलाई मेयर दिएकोमा तल आगो धुलिखेल नगरपालिकामा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई नगर प्रमुख दिने भएपछि स्थानीय कांग्रेस नेतृत्वले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ‌ ।

नगर सभापति विदुर बस्नेतलगायत नगर र १२ वटै वडा कार्यसमितिको संयुक्त बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

यसअघि गठबन्धनका दलहरुले काभ्रेका सबै स्थानीय तहको भागबण्डा टुंग्याएका थिए । गठबन्धन दलहरुको प्रदेश स्तरीय संयन्त्रमा भएको सहमतिअनुसार जिल्लाका १३ स्थानीय तहमध्ये कांग्रेसले ७ पालिकामा प्रमुख तथा अध्यक्ष लिएर माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादीलाई २ पालिका दिने भनिएको थियो ।

टिप्पणीहरू