बाली सप्रिँदा प्रफुल्ल नहुने किसान को होला ?

बाली सप्रिँदा प्रफुल्ल नहुने किसान को होला ?

बैतडीसहित देशका विभिन्न स्थानका किसान यतिबेला आ–आफ्नो खेतबारीका गहुँ भित्र्याउने कार्यमा व्यस्त देखिन्छन् । विगतमाभन्दा यो वर्ष गहुँबाली फस्टाएपछि उनीहरुमा खुशी छाएको हो ।

यसपटक समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया ४ का किसान हरिना महराले बताइन् । उनले खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने अवस्था रहेको बताएकी छन् ।

विगतमा सिँचाइ अभावले गहुँबाली बिग्रिने गरेकोमा यस पटक भने वर्षाका कारण सबै ठाउँका किसानले आफ्नो खेतमा छरेको गहुँबाली सप्रिएको पुर्चौडी नगरपालिका ६ दहतालका राम बोहराले पनि जानकारी दिए ।

गहुँबाली सप्रिएपछि खुशी हुँदै भित्र्याउन लागेको सिगास गाउँपालिका ९ चौखामका किसान मुरलीधर अवस्थीले बताएका छन् । यसअघिका वर्षमा किसानहरूले आफ्नो खेतमा लगाएका कृषी उपजहरू असिनापानीले नष्ट गरेको भए पनि यो वर्ष निकै कम क्षति भएको पञ्चेश्वर गाउँपालिका ४ का नरेन्द्र चन्दको अनुभव छ ।

उनले भने, ‘कहिले बेमौसमी वर्षाका कारण बालिनाली बिग्रन्छ । कहिले भित्र्याउन ठीक्क पारिएको बाली बिग्रन्छ । तर, यस पटक सबै कुराको अनुकूलता मिलेकाले गहुँबाली सप्रिएको छ ।’

टिप्पणीहरू