साइकल लेनमा अतिक्रमण (फोटोफिचर)

साइकल लेनमा अतिक्रमण (फोटोफिचर)

साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडकलाई साइकलमैत्री बनाइएको भनिएको थियो । तर अहिले ती सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । ललितपुरका सडकमा रहेको साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ ।

ललितपुर महानगरपालिकाले निकै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध देखिन्छ ।सामान्यतयाः समाजका निम्न वर्गले चढ्ने भनिएको साइकलको परिचय पछिल्लो समयमा फेरिएको छ । अहिले स्वास्थ्य सचेतनाका कारण अरु समयमा महँगो सवारी साधन प्रयोग गर्नेहरु नै बिहान र बेलुकी साइकल गुडाइरहेको देखिन्छ ।ललितपुरमा साइकलमैत्री सडकको निर्माण हुने आशा गरिए पनि पछिल्लो अव्यवस्थाले साइकलयात्रीहरुलाई निरुत्साही बनाएको छ । साइकलको प्रयोगतर्फ उच्च वर्गको रुचि बदलिँदै गए पनि यस प्रकारको अवरोधले पुनः उनीहरुलाई धुवाँ फाल्ने सवारी साधनको प्रयोगमा फर्काउन बाध्य बनाउँदै जाने निश्चित छ ।

टिप्पणीहरू