नयाँ वर्षको पहिलो दिन रणवीर र आलियाले लगनगाँठो कस्ने

नयाँ वर्षको पहिलो दिन रणवीर र आलियाले लगनगाँठो कस्ने

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आगामी बिहीवारका दिन विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनीहरुले अप्रिल १४ मा विवाह गर्न लागेका हुन् । त्यो दिन विक्रम सम्बतअनुसार नयाँ वर्ष २०७९ को पहिलो दिन पनि हो ।

रविन भट्टले कपुर र भट्ट विवाह बन्धनमा बाँधिन लागेको खबरको पुष्टि गरेका छन् । रबिन महेश भट्टका सौतेनी भाइ र बलिउडमा स्क्रिप्ट लेखक पनि हुन् ।

आलिया महेश भट्ट र सोनी राज्दानकी छोरी हुन् ।

टिप्पणीहरू