बेलायतमा कम्युनिष्ट घोषणापत्रका अनुवादकको सम्झना

बेलायतमा कम्युनिष्ट घोषणापत्रका अनुवादकको सम्झना

कम्युनिष्ट घोषणापत्रको पहिलो अङ्ग्रेजी संस्करणका अनुवादक स्वर्गीय हेलेन म्याकफार्लेनलाई आइतवार बेलायती कम्युनिष्ट पार्टीका सदस्यहरूले उनको समाधिस्थलमा फूल चढाएर सम्मान गरेका छन् । यूरोपमा मार्क्सवाद फैलाउनमा पुर्याइएको ऐतिहासिक योगदानको स्मरणसमेत गरेका छन् ।

सन् १८१८ मा स्कटल्याण्डमा जन्मिएका म्याकफार्लेन क्रान्तिकारी पत्रकार तथा स्तम्भकार थिए । सन् १८४८ मा जर्मन भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्रलाई उनले दुई वर्षपछि अंग्रेजीमा अनुवाद गरी लन्डनमा प्रकाशित गरेका हुन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू