सेनाको कल्याणकारी कोषमा ६४ अर्ब थुप्रिएछ

सेनाको कल्याणकारी कोषमा ६४ अर्ब थुप्रिएछ

नेपाली सेनाको कल्याणकारी कोषमा ६४ अर्ब रुपैयाँ पुगेको छ । प्रधानसेनापति प्रभुराम शर्माले आज सुर्खेतमा आयोजित भूतपूूर्व सैनिक सम्मेलनको उद्घाटनमा उक्त कुराको जानकारी दिनुभएको हो ।

२०३२ सालमा एक करोड २४ लाख एक हजार रुपैयाँबाट ‘श्री गणेश’ गरिएको सैनिक कल्याणकारी कोषको रकम गत माघ मसान्तसम्म ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको उहाँले उल्लेख गर्नुभयो ।

स्थानीय राजदल गणमा आयोजित कार्यक्रममा उहाँले सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार पाँच सयभन्दा बढी हिताधिकारीसमेत लाभान्वित भएको उहाँको भनाइ छ । कल्याणकारीको रकममध्ये हालसम्म लघुवित्त कार्यक्रममा छ अर्ब ७५ करोड कर्जा प्रदान गरिएको छ ।

आज सुर्खेतमा विभिन्न क्षेत्रमा झैँ चारभन्दा बढी सन्तानलाई नेपाली सेनामा पठाउने माता पितालाई पनि सम्मान गरिएको छ । हालसम्म नेपालमा भूतपूर्व र एकल सैनिक महिलाको संख्या ८५ हजारको हाराहारी पुगेको बताइएको छ ।

यसअघि यस्तो सम्मेलन दिपायल र धनगढीमा भैसकेको छ ।

टिप्पणीहरू