संस्कृतिको जगेर्ना गर्न धिमेबाजा प्रतियोगिता

संस्कृतिको जगेर्ना गर्न धिमेबाजा प्रतियोगिता

स्थानीय कला र संस्कृतिको जगेर्ना एवम् प्रवर्दन गर्ने हेतुले धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ । ओस्ला नेपालले छैठौं उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिताको आयोजना गरेको हो ।

आगामी शनिबार ललितपुरको बालकुमारी मन्दिर प्राङ्गणमा हुँदैछ । प्रतियोगितामा उपत्यकाका करिब तीन दर्जन धिमे खलः वा पुचःको सक्रिय सहभागिता रहने आयोजक संस्थाका उपाध्यक्ष एवम् धिमे बाजा प्रतियोगिताका संयोजक सुशिल जोशीले जानकारी दिएका छन् ।

एउटा खलः वा पुचःबाट बढीमा दुई टोलीले सहभागिता जनाउन पाइने र एउटा टोलीमा धिमे २, भुस्या २ र छुस्या वा अन्य बाजा एक गरी बढीमा पाँच जना वाद्यवादक सहभागी हुन पाउने बताइएको छ । प्रतियोगिताका विजयी टोलीमध्ये प्रथमलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसैगरी, द्वितीयलाई नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीयलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै दुई टोलीलाई सान्त्वना पुरस्कारस्वरुप मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

टिप्पणीहरू