सेनाका सबै ठूला मान्छे एकैसाथ सुर्खेततिर

सेनाका सबै ठूला मान्छे एकैसाथ सुर्खेततिर

पछिल्लो २४ घण्टामा नेपाली सेनाका दुई उच्च अधिकारी सुर्खेत पुगेका छन् । सेनाको दोस्रो वरियताका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्की 9N-063 कल साइनको स्काइ ट्रक चढेर सुर्खेत पुगेको अर्को दिन प्रधानसेनापति प्रभुराम शर्मा पनि त्यतै जानुभएको हो ।

सेनापति शर्मा आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टर लिएर सुर्खेत उड्नुभएको हो । हिजो २१ जनाको टोली गएकोमा आज 9N-RAM-AUGUSTA हेलिकप्टरबाट सेनापति सहायक ध्रुवचन्द्र थापासहित १० जनाको टोली लिएर सुर्खेत पुग्नुभएको बताइएको छ ।

टिप्पणीहरू