काँग्रेसी अधिवेशनमा सरकारी कविको नाङ्गो हस्तक्षेप

काँग्रेसी अधिवेशनमा सरकारी कविको नाङ्गो हस्तक्षेप

नेपाली काँग्रेसनिकट साहित्यकारहरूको संस्था नेपाली लेखक संघको पोखरामा सम्पन्न ७औं महाधिवेशनमा कृसु क्षेत्रीले बल प्रयोग गरेको आरोप छ । आफू निकट उम्मेदवारलाई सकेसम्म निर्विरोध निर्वाचित गराउन र त्यसो गर्न नसके पनि बहुमतले जिताउन उनले पद र शक्तिको दुरुपयोग गरेको पराजित उम्मेदवारहरुले आरोप लगाएका छन् ।

क्षेत्री परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् । उनी दुई दिन अघिसम्म कोलम्बोमा थिए । त्यहाँ भएको बिमस्टेकको सम्मेलनमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगै फर्की उनले ताण्डव मच्चाएको अर्काथरी काँग्रेसी लेखकले आरोप लगाए ।

“उनले आफ्नै साथी मनोज न्यौपानेलाई सहिद बनाएको र रत्नमणि नेपाल एवं सन्ध्या पहाडीलाई भने मनोनयन अवधि थपेर भए पनि उठाएको देखेपछि कैयनले अचम्म मानेका थिए ।”

ठूला मान्छेसँग सम्बन्ध रहेको भन्दै क्षेत्रीको नामबाट उम्मेदवार बन्न र उनको सूचीमा पर्न लेखकहरु कलम फालेर तँछाडमछाड गरेको पनि देखिएको थियो । कवि एवम् संगीत नाट्य प्रतिष्ठानका पूर्वसदस्य सचिव तीर्थ श्रेष्ठ उक्त संघको अध्यक्ष भएका छन् ।

अमेरिका,म्यान्मारमा बसेका र अहिले परराष्ट्रमन्त्रीको सचिवालयमा तैनाथ कृसुले रवाफका साथ एकाध कविहरूको नामै लिएर उनीहरूलाई हराउन कम्मर कसेको पनि सुनिएको छ । उनले आफ्नै साथी मनोज न्यौपानेलाई सहिद बनाएको चर्चा समेत धेरैले गरेका छन् । उनले रत्नमणि नेपाल र सन्ध्या पहाडीलाई भने मनोनयन अवधि थपेर भए पनि उम्मेदवार बनाएको देखेपछि कैयनले अचम्म मानेका थिए ।

एकजना प्रतिनिधिले अधिवेशन सकिएपछि भने, ‘सरकारी हस्तक्षेप त साह्रै पो भयो । मदन पुरस्कार विजेता रामलाल जोशीलाई समेत उम्मेदवारी फिर्ता गराउन क्षेत्रीले ठूलै दबाव दिए । लगातार पदमै टाँसिरहने पदलोलुप लेखकको उपाधि पाएका रत्नमणिलाई निर्विरोध गराउन उनले त्यसो गरेका हुन् ।’

हिजो,अस्ति पोखरामा भएको अधिवेशनमा नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रमुख अतिथि बन्ने तारतम्य पनि उनै क्षेत्रीले मिलाएका थिए । अन्तिम अवस्थामा हवाइ उडान स्थगनका कारण दुबैजना अनुपस्थित रहे । शर्मा र क्षेत्री दुवै झापाली हुन् ।

श्रवण मुकारुंग पाँच वर्ष अध्यक्ष भएपछि अहिले निवर्तमान भएका छन् । अध्यक्ष निर्वाचित हुनेबित्तिक्कै राजीनामा दिएर संस्थालाई धुलिसात बनाएका रेडियो नेपालका नवराज लम्साल भने प्रतिनिधिहरूको आक्रोशको सामना गर्नुपर्ने भएपछि अधिवेशनमै अनुपस्थित भएको चर्चा छ ।

 

टिप्पणीहरू