विद्यार्थीको जुलुसमा अमेरिका विरोधी नारा चर्का

विद्यार्थीको जुलुसमा अमेरिका विरोधी नारा चर्का

कीर्तिपुरमा विद्यार्थीहरुले अमेरिका विरोधी चर्का नारा लगाएका छन् । नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघले पाँगास्थित जनसेवा माध्यमिक विद्यालय अगाडिबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय स्मृति भवनसम्म निकालेको जुलुसमा धेरैजसो अमेरिका विरोधी नारा घन्काएका हुन् ।

संघको १३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी विद्यार्थी र दलका कार्यकर्ताले पार्टीको झण्डा,ब्यानर र बाजागाजासहित र्याली निकालेका थिए ।

नेपाल मजदुर किसान पार्टीका सभासद प्रेम सुवाल,नेमकिपा काठमाडौं जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण महर्जनलगायतले अमेरिकी साम्राज्यवाद मूर्दावाद,एमसीसी परियोजना खारेज गरजस्ता चर्को नारा लगाएका हुन् ।

उनीहरुले वैज्ञानिक र निःशुल्क शिक्षा लागु गर,शैक्षिक माफिया होशियार,विदेशी दलाल होशियार भनेरसमेत नारा लगाएका थिए ।

टिप्पणीहरू