मोदीले झण्डा देखाएपछि नेपालतिर रेल गुड्ने

मोदीले झण्डा देखाएपछि नेपालतिर रेल गुड्ने

भारतबाट नेपालसम्म बिस्तार गरिएको ब्रोडगेज लाइनमा चल्ने पहिलो यात्रुवाहक रेलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन् ।

मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको उपस्थितिमा आगामी शनिवार भर्चुअल माध्यमबाट झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ ।

बिहार राज्यको जयनगरदेखि नेपालको मधेश प्रदेश,धनुषा जिल्लाको कुर्थासम्म ३५ किलोमिटर लाइन मुलुककै पहिलो ब्रोडगेज (बिजी) मा यात्रु सेवाको निम्ति पाँच वटा डिब्बाको रेल सञ्चालनमा आउन लागेको हो ।

टिप्पणीहरू