युक्रेनको कुरो कत्तिको पत्यारयोग्य ?

युक्रेनको कुरो कत्तिको पत्यारयोग्य ?

रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना पूरा भएको छ । यसबीच दुबै देशको हताहती र क्षतिबारे फरक फरक दाबी हुँदै आएका छन् ।

युक्रेनले हालै गरेको प्रचारलाई पत्याउने हो भने रुसतर्फ १५ हजार सेना मारिएका छन् । मारिने युक्रेनी जनताको संख्या एक हजार मात्र भएको पश्चिमा मिडियाकै भनाइ छ ।

यसको अर्थ बाहिर हल्ला गरिएझैँ त्यहाँ ठूलो स्तरको लडाईं नभएको पुष्टि हुन्छ । युक्रेनको दाबीलाई पत्याउँदा पनि ठूलो मात्रामा जनधनको क्षति हुने गरी रुसले आक्रमण गरेकै छैन ।

यता रुस र पश्चिमा सञ्चारमाध्यमले सार्वजनिक गरेका आक्रमणमा अहिलेसम्म एक हजार जति मिसाइल प्रहार भएको अनुमान गरिएको छ । अहिलेसम्म प्रायः सैनिक संरचना,सैनिकसमेत नभएका स्थान,तालिम केन्द्र र हतियार उत्पादन कारखाना,एकाध सपिङ्ग मल,अपार्ट्मेन्ट,सैनिकका ब्यारेक र विमानस्थलमा मात्र आक्रमण भएको छ । एकाध ठाउँ सार्वजनिक भवनमा पनि छिटपुट क्षति भएको देखिन्छ ।

रुसले आक्रमणमा युक्रेनी नागरिकहरु सुरक्षित होउन् र उनीहरु संवेदनशील स्थानबाट सकशुल निस्कन सकुन् भन्ने उद्देश्य राखेको पाइन्छ । सकेसम्म मानवीय क्षति नहोस् र अमानवीय अपराध नहोस् भन्दै सजगता अपनाइएको रुसी दाबी छ ।

एक हजार वटा मिसाइल आक्रमण हुँदा युक्रेनले आफ्ना एक हजार नागरिकको मात्र क्षति भएको र रुसी सेनातर्फ १५ हजार सैनिक मारिएको दाबीले सबैलाई अचम्म तुल्याएको छ ।

यता अमेरिकी सुरक्षा सल्लाहकारहरुले पनि युक्रेन युध्द अमेरिकाको गलत रणनीतिका कारण उब्जेको बताएका छन् । अहिले उक्त युध्द अमेरिकाको निम्ति गलपासो सावित भएको छ । पहिले युक्रेनलाई उक्साइयो । अहिले रुसले आक्रमण गरेपछि आफै बिलखबन्दमा परेको देखिन्छ ।

अमेरिकी पूर्व रक्षा अधिकारीहरुका अनुसार रुसले चाहेमा जसरी पनि कब्जा गर्न सकिने भएकाले अरुले चासो लिनुको कुनै अर्थ छैन । रुसको चाहना भनेको युक्रेन अमेरिकी सुरक्षा छाताभित्र नजाओस् भन्ने मात्रै हो ।

भिडियो श्रोत: सिन्ह्वा

टिप्पणीहरू