उत्तरी पाहुनालाई बिदा गरेर प्रधानमन्त्री दक्षिणतिर

उत्तरी पाहुनालाई बिदा गरेर प्रधानमन्त्री दक्षिणतिर

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत जाने मिति तय भएको छ । उहाँ चिनियाँ विदेशमन्त्रीलाई आउँदो आइतबार बिदा गरेलगत्तै यहि चैत १८ गते शुक्रवार नयाँ दिल्ली जाने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

चैत १८ गतेदेखि २१ गतेसम्म हुने औपचारिक भ्रमणको निम्ति ३ महिनादेखि रोकिएको भारतका लागि सिफारिस भएका राजदूत डा. शंकर शर्माको एग्रिमो गत साता आएको हो ।

गत असार अन्तिममा प्रधानमन्त्री हुनुभएका देउवाको तर्फबाट यसबीच भारत भ्रमणको लागि उहाँकी धर्मपत्नी आरजू राणाको दिल्ली यात्रा र राखी बन्धनजस्ता यावत प्रयास भए पनि के के तारतम्य मिलिरहेको थिएन । अघिल्लो चोटि त झन तिथि निर्धारित भैसकेर पनि कोरोना संक्रमण फैलिएको कारण अन्तिममा रोकिएको थियो ।

टिप्पणीहरू