बुटवल बसीबसी ब्रह्मलुट

अवकाशप्राप्त कर्णेल रुद्र थापाले बुटवल पेट्रोल पम्पको हाकिम हुँदा निकै घोटाला गरे । सिपाहीबाट अफिसर बनेका उनी पहिला राजेन्द्र क्षेत्रीको अर्दली थिए । उनैको निगाहमा प्रमुख सेनानी भई यातायात परिवहनको कमाण्ड पाए । एमटी गणमा आएको कुस्त बजेट दुरुपयोग गरी प्रशस्त पैसा कमाउन सफल भए । पहिला भात र चिया पनि जगदल गण छाउनीमै खाई घर जान्थे । श्रीमतीले खाना खुवाउँदिन, महँगी छ भन्थे । अहिले काठमाडौंमा दुईवटा घर जोडिसकेका छन् । बुटवल र गुल्मीमा पनि दुईवटा घर छन् । हिमालय थापा डिजिएमओ हुँदा गुप्तचरको पैसा एमटी गणमा पठाई बाँडेर खाए । बुटवल पेट्रोल पम्पमा पनि राजेन्द्र क्षेत्रीकै निगाहमा गएका हुन् । त्यहाँबाट पृतनापतिलाई मिलाएर प्रशस्त कमाए । यताको घोटाला छानबिन गरी एउटै व्यक्तिलाई धेरै सुविधा नदिने हो कि ! थापाको हालसम्म पनि सिपाही सोच गइसकेको छैन । काम गर्ने अन्य दर्जालाई अभद्र व्यवहार गर्ने गरेका छन् ।

टिप्पणीहरू