अहिले फेरि ओलीसङ्ग आले आक्रोशित

अहिले फेरि ओलीसङ्ग आले आक्रोशित

अमेरिकी सहयोग परियोजना एमसीसीको संसदीय अनुमोदनलाई लिएर उत्पन्न विवादले सत्ता गठबन्धन धरापमा परेका बेला एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु सरकार नछोड्ने अडानमा रहेको चर्चा चल्यो । मन्त्रीहरु प्रेम आले,किसान श्रेष्ठ र रामकुमारी झाँक्रीको नामै लिएर केही मिडियामा सरकार जोगाउन उनीहरु एमसीसीको पक्षमा उभिएको आशयका समाचार आए । तर, समाजवादीको समेत समर्थनमा व्याख्यात्मक घोषणासहित एमसीसी पास भएपछि गठबन्धन टुटेन र त्यस्तो चर्चा पनि त्यसै सेलायो ।

त्यतिबेलै पर्यटनमन्त्री आले र श्रम मन्त्री श्रेष्ठ एमाले प्रवेशका लागि केपी ओली भेट्न बालकोट गएको अपुष्ट सूचनाहरु सार्वजनिक भएका थिए । जानकार स्रोतका अनुसार यस्तो सूचना समाजवादीकै केही युवा नेताले चुहाएका हुन् । एमाले विवादका बेला अन्तिम क्षणमा ओलीलाई छोडेर माधव नेपालतिर लागेका आले र श्रेष्ठले बालकोटसँग बनाएको सम्बन्धलाई सूचना चुहाउनेहरुले शंकास्पद मानेका थिए । एमसीसीका कारण गठबन्धन टुट्ने आकलन गरेर आले र श्रेष्ठ सरकारमा रहिरहन एमाले प्रवेश गर्ने तयारीका साथ ओलीलाई भेट्न गएको उनीहरुको अनुमान थियो ।

के एमसीसीका कारण गठबन्धन टुटेको भए आले र श्रेष्ठ एमालेमा प्रवेश गर्थे ? अथवा ती सबै नियोजित हल्ला हुन् ? यसबारे प्रष्टीकरण दिँदै पर्यटन मन्त्री आलेले राजनीति छोड्ने तर एमालेमा नजाने बताउनुभएको छ । उहाँका अनुसार आफूलाई बद्नाम गराउन एमाले पंक्तिबाट नियोजित रुपमा यस्तो हल्ला चलाइएको हो । केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका गलत निर्णयविरुध्द आफू दृढताका साथ उभिएकाले आफूलाई प्रहारको केन्द्र बनाइएको मन्त्री आलेको दाबी छ ।

‘बरु राजनीति छोड्छु तर ओलीसँग जान्न । अध्यक्ष कमरेड माधव नेपाल नै ओलीसंग मिल्नुभयो भने पनि म मिल्नेवाला छैन । त्यसैले म एमालेमा जान लागेको भन्ने कुरा सरासर गलत हो ।’

आज जनआस्थासँगको कुराकानीमा उहाँले भन्नुभयो,’बरु राजनीति छोड्छु तर ओलीसँग जान्न । अध्यक्ष कमरेड माधव नेपाल नै ओलीसंग मिल्नुभयो भने पनि म मिल्नेवाला छैन । त्यसैले म एमालेमा जान लागेको भन्ने कुरा सरासर गलत हो ।’

प्रधानमन्त्री हुँदा ओलीले देश र जनताका विरुध्द गरेका काम सच्याउन लागेको मान्छे ओली नेतृत्वको एमालेमा जाने कुरा सोच्नु पनि गलत हुने आलेको भनाइ छ । ओली क्याबिनेटका पर्यटन मन्त्रीले गरेको सेटिङ भत्काएर आफूले जनपक्षीय काम गरेपछि एमालेका केही नेता-कार्यकर्ता तरंगित भएको र आफ्नो बद्नाम गराउन भ्रामक प्रचार गरिरहेको पनि उहाँले दावी गर्नुभयो ।

‘बतासलाई नारायणहिटी बुझाएको छ । धर्मशाला उसैलाई दिएको छ । गोकर्ण रिसोर्टको म्याद बाँकी हुँदाहुँदै अपारदर्शी ढंगले वीचैमा थपिएको छ । दरबारको मूलढोकामै यतिलाई सपिङ्ग सेन्टर खोल्न दिएको छ । यी सबै नीतिगत अनियमितता सच्याउन लागिरहेको मान्छे म कसरी एमालेमा जान सक्छु ?”मन्त्री आलेले प्रश्न गर्नुभयो ।

“मेरो निर्वाचन क्षेत्रमा अन्तिम सभा राखिएको थियो । त्यतिबेला भीम रावलले हुँ हुँ गर्नुभएको कुरा मैले कार्की ब्याँक्वेटमा भएको तत्कालीन नेकपाको सुदूरपश्चिम भेलामा जस्ताको त्यस्तै राखेको थिएँ । त्यतिबेला ओली पनि त्यहिँ हुनुहुन्थ्यो । तर,अहिले त्यसलाई अर्कै सन्दर्भ बनाएर गलत रुपमा प्रचार गरिएको छ । मलाई हतोत्साही बनाउन यस्तो गरिएको हो ।’

पछिल्लो समय एमाले अध्यक्ष ओलीले आफूमाथि अराजनीतिक टिप्पणी गर्दै हिँडेको भन्दै उहाँले संयमित हुन र राजनीतिक तर्क गर्न आग्रह पनि गर्नुभयो । तल्लो स्तरमा झरेर व्यक्तिगत टिप्पणी नगर्न ओलीलाई आग्रह गर्दै मन्त्री आलेले गलत गरेको भए प्रमाणसहित आउन चुनौती दिनुभयो । ‘मैले कुन लुगा लगाएँ, टोपी कसरी लगाएँ भन्ने भन्दा पनि कहाँ अनियमितता गरेँ भन्ने कुरा प्रमाणसहित आउन चुनौती दिन्छु’, उहाँले भन्नुभयो ।

केही दिनअघि एमाले अध्यक्ष ओलीले एउटा सार्वजनिक कार्यक्रममा आलेतर्फ संकेत गर्दै वर्तमान सरकारका मन्त्रीहरु अराजक बन्दै हिँडेको भन्नुभएको थियो । आलेको क्यारिकेचर गर्दै ओलीले सरकारका मन्त्रीहरु हुँ हुँ हुँ गर्दै मैमत्त बनेको भनी आक्रोश पोख्नुभएको थियो । तर,आलेले भने ओलीले तोडमोड गरेर भ्रामक प्रचार गरेको भन्नुभएको छ ।

अलग सन्दर्भको आफ्नो प्रस्तुतिलाई अहिले जोडेर व्यक्तिगत रिसइवी साँध्न खोजिएको आलेको बुझाइ छ । उक्त सन्दर्भ स्मरण गर्दै आलेले भन्नुभयो, ‘गत चुनावको बेला मेरो निर्वाचन क्षेत्रमा अन्तिम सभा राखिएको थियो । त्यतिबेला भीम रावलले हुँ हुँ गर्नुभएको कुरा मैले कार्की ब्याँक्वेटमा भएको तत्कालीन नेकपाको सुदूरपश्चिम भेलामा जस्ताको त्यस्तै राखेको थिएँ । त्यतिबेला ओली पनि त्यहिँ हुनुहुन्थ्यो । तर,अहिले त्यसलाई अर्कै सन्दर्भ बनाएर गलत रुपमा प्रचार गरिएको छ । मलाई हतोत्साही बनाउन यस्तो गरिएको हो ।’

त्यतिबेला आफू ओलीकै क्याबिनेटमा वनमन्त्री रहेकाले ‘हुँ हुँ’ गरेको कुरा अहिले उठाउनुको सान्दर्भिकता नहुने पनि आलेको भनाइ छ ।

टिप्पणीहरू