भारतसँग आँखा जुधाएर कुरा गर्ने केपी ओली मात्रै हो : ईश्वर पोखरेल

भारतसँग आँखा जुधाएर कुरा गर्ने केपी ओली मात्रै हो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकी भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्ने नेपालका राजनीतिज्ञहरुमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली मात्र भएको दावी गर्नुभएको छ । उहाँले पन्चायत कालमा आफूले भूमिगत काम गरेको क्षेत्र धनुषा पुगेर उक्त कुरा बताउनुभएको हो ।

 

‘नेपालकै इतिहासमा भारतसामु आँखामा आँखा मिलाएर कुरा गर्ने अर्को कुनै पार्टी वा व्यक्ति देखिएन । त्यो हैसियत एमाले पार्टी र अध्यक्ष केपी ओलीको मात्र थियो र छ ।’

 

हिजो एमाले धनुषाको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘नेपालकै इतिहासमा भारतसामु आँखामा आँखा मिलाएर कुरा गर्ने अर्को कुनै पार्टी वा व्यक्ति देखिएन । त्यो हैसियत एमाले पार्टी र अध्यक्ष केपी ओलीको मात्र थियो र छ ।’

टिप्पणीहरू