भीम रावलसँग क्रुद्ध हुँदै प्रधानमन्त्रीले भन्नुभयो- ‘उसबेला दिमाग खुस्क्याथ्यो ?’

भीम रावलसँग क्रुद्ध हुँदै प्रधानमन्त्रीले भन्नुभयो- ‘उसबेला दिमाग खुस्क्याथ्यो ?’

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीका बारेमा एमाले सांसद भीम रावलको विरोधप्रति कडा प्रतिक्रिया जनाउनुभएको छ ।

‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने,अहिले किन टाउको दुख्ने ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन ?,’

एमसीसी परियोजनाअन्तर्गत निर्माण हुने भनिएको विद्युुत ट्रान्समिसन लाइनका लागि जग्गा अधिग्रहण गरिएको नुवाकोटको रातमाटे नजिकै पुगेर एमसीसीविरुद्ध वकालत गर्दै आउनुभएका नेता रावलमाथि देउवाले आक्रोश व्यक्त गर्नुभएको हो । किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्न त्यहाँ पुग्नुभएका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेश भएको प्रस्ताव नै अहिले पारित भएकाले रावलको विरोधको औचित्य नभएको बताउनुभयो ।

‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने,अहिले किन टाउको दुख्ने ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन ?,’ रावलप्रति आक्रोशित हुँदै उहाँले भन्नुभयो ।

टिप्पणीहरू