मेयरलाई भित्र्याउन एमाले अध्यक्ष ओली मोरंगतिर

मेयरलाई भित्र्याउन एमाले अध्यक्ष ओली मोरंगतिर

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिपकुमार अग्रवाल र उपमेयर केशवकुमारी खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज रंगेलीमै आयोजित जनसभामा पार्टी प्रवेश गराउनुभएको छ ।

मेयर र उपमेयरसहित ४ हजार ७ सय १० जनाले पार्टी प्रवेश गरेको जानकारी गराइएको छ । आज एमाले प्रवेश गर्नेमा केही वडाध्यक्षसमेत रहेका छन् । पार्टी प्रवेश गरेकालाई टीका,माला र खादा लगाइएको छ ।

टिप्पणीहरू