यसकारण एमसीसीको विपक्षमा उभिए माओवादीका चार नेता

यसकारण एमसीसीको विपक्षमा उभिए माओवादीका चार नेता

नेकपा माओवादी केन्द्रका चार नेताले अमेरिकी सहयोग परियोजना (एमसीसी) गलत रहेको बताएका छन् । आजबाट सुरु पार्टीको केन्द्रीय समिति बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका हुन् ।

माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गर्नुभएको हो ।

पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उहाँहरुले बताउनुभएको छ । व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको उहाँहरुको आरोप छ ।

‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भन्नुभयो, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो । यो राष्ट्रघाती सम्झौता नै हो । तर, व्याख्यात्मक घोषणा भन्दै गलत रुपमा पारित गरियो ।’

व्याख्यात्मक घोषणाले नेकपा माओवादी केन्द्रले भन्दै आएझैँ सम्झौताको अर्को पक्षले संशोधन नगर्ने भएकाले यसको कुनै कानुनी अर्थ नहुने तर्क उनीहरुको छ ।

टिप्पणीहरू