एमसीसीले काँग्रेसमा पनि लफडा, बाह्रबिसेका वडाअध्यक्षले पार्टी छोडे

एमसीसीले काँग्रेसमा पनि लफडा, बाह्रबिसेका वडाअध्यक्षले पार्टी छोडे

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति असन्तुष्ट कांग्रेसका एक स्थानीय नेताले पार्टी छोडेका छन् । सिन्धुपाल्चोकका नेता तथा बाह्रबिसे नगरपालिका-२ का वडाअध्यक्ष बमबहादुर तामाङले एमसीसीलगातका विषयमा पार्टीले लिएको निर्णयप्रति असन्तुष्ट हुँदै पार्टी छोडेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै तामाङले पार्टीमा व्यक्तिवादी सोच हावी भएको र कार्यकर्तालाई बेवास्ता गर्ने प्रवृत्तिले पार्टी छोड्ने अवस्था बनेको बताए । ‘ केही वर्ष यतादेखि नेपाली कांग्रेसमा विशेष गरी सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हावी हुँदै गएको छ ।पार्टीले आम जनचाहना विपरित एमसीसी पास गर्ने,आम कार्यकर्ताहरुले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधानभन्दा व्यक्तिवादी सोच बढी हावी हुने जस्ता गतिविधिले हामी आम कांग्रेस कार्यकर्ता निराश भएका छौं’, विज्ञप्तिमा उनले भनेका छन् ।

तामाङ कांग्रेसका पुराना नेता हुन् । २०४६ सालमा क्रियाशील सदस्यता लिएका उनी त्यसयता निरन्तर कांग्रेसमा आवद्ध छन् । कांग्रेससँगको ३२ वर्षे सम्बन्ध त्यागेका उनले आफ्नो राजनीतिक क्रियाशीलता भने यथावत रहने बताउँदै आर्को पार्टीमा जाने संकेत पनि गरेका छन् ।

टिप्पणीहरू