पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश

जिल्ला अदालत तनहुँले बलात्कार आरोपित अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

चार दिनअघि नाबालिक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । बलात्कारको जाहेरी परेसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो ।

प्रहरीको सर्कुलरपछि उनी फरार भए । तर, आज बिहान जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि म्याद थपका लागि उनलाई प्रहरीले हतकडी लगाएरै अदालतमा पेश गरेको थियो ।

टिप्पणीहरू