साढे १२ बजे पल शाह तनहुँ प्रहरीमा प्रकट

साढे १२ बजे पल शाह तनहुँ प्रहरीमा प्रकट

बलात्कारको आरोप लागेका अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँसमक्ष उपस्थित भएका छन् । उनी केही बेरअघि त्यहाँ पुगेको हाम्रो संवाददाताले जानकारी दिएका छन् ।

केही कानुन व्यवसायी र समर्थकसहित प्रहरी कार्यालय पुगेका शाहमाथि नाबालिका गायिका समीक्षा अधिकारीलाई पटक पटक बलात्कार गरेको आरोप छ । अधिकारीले गत साता तनहुँ प्रहरीमा शाहले आफूलाई विगत एक वर्षदेखि पटक पटक बलात्कार गरेको आरोपसहितको उजुरी हालेपछि पल बेपत्ता भएका थिए ।

“सहमतिमा राखिएको सम्बन्ध भए पनि नाबालिकामाथि गरिएको उक्त व्यवहारले उनी केही समय पुर्पक्षका निम्ति जेल जीवन बिताउन बाध्य हुने कानुन व्यवसायीहरुको तर्क छ ।”

आजै बिहान सामाजिक सञ्जालमा उनले नयाँ फिल्मको प्रदर्शन, स्वास्थ्य समस्याको कारण देखाउँदै केही दिन बेपत्ता भएको र आज प्रहरीसमक्ष उपस्थित हुने जानकारी दिएका थिए ।

नाबालिकामाथि पटक पटक बलात्कार गरेको आरोप लागेका शाहलाई जिल्ला प्रहरी कार्यालयले आज जिल्ला अदालतबाट अनुसन्धानका लागि कम्तिमा ५ दिन म्याद थप गराउने तयारी गरेको बुझिएको छ । आगामी साता अदालतमा मुद्दासहित पेश गरेपछि उनीमाथि लागेको आरोपको औपचारिक सुनुवाई हुने छ ।

सहमतिमा राखिएको सम्बन्ध भए पनि नाबालिकामाथि गरिएको उक्त व्यवहारले उनी केही समय पुर्पक्षका निम्ति जेल जीवन बिताउन बाध्य हुने कानुन व्यवसायीहरुको तर्क छ ।

टिप्पणीहरू