विद्यार्थीले बनाएर विद्युतीय साइकल

विद्यार्थीले बनाएर विद्युतीय साइकल

सुर्खेतको वीरेन्द्रनगर–७ का १७ वर्षीय प्रकाश शाहीले इलेक्ट्रिकल साइकल निर्माण गरेका छन् । कोरोना माहामारीका बेला विद्यालय बन्द भएको समयमा घरै बसेर उनले इलेक्ट्रिकल साइकल बनाएका हुन् ।

श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत शाहीले जुनसुकै ठाँउमा सजिलै जान सक्ने र पाइडिल हान्न नपर्ने साइकल बनाएका हुन् । ५२ हजार लगानीमा निर्मित उक्त साइकल एक लाख खर्च गर्नसके उत्कृष्ट बनाउन सकिने शाहीले बताए ।

लगानीको अभावमा धेरै सामाग्रीहरु राख्न नसकिएको र ब्याट्रिबाट मात्रै चल्ने गरि साइकल बनाएको उनको भनाइ छ । अहिले साइकलमा ग्रेन मोटर, पाता, कन्ट्रोल र टर्चलाइटको प्रयोग गरिएको शाहीले बताएका छन् ।

एक पटक चार्ज गरेपछि साइकल ४० देखि ५० किलोमिटर सहजै रुपमा उकालो, ओरालो र समथर ठाउँमा चलाउन सकिने शाहीले बताए ।

आगामी दिनमा बाइक बनाउने आफ्नो योजना सुनाउँदै उनले आर्थिक अभावका कारण अहिले काम शुरु गर्न नसकेको गुनासो गरे । आफूले गरेको कामबारे वडा तथा नगरपालिकालाई जानकारी गराएको तर अहिलेसम्म कसैले सहयोग नगरेको उनको भनाइ छ ।

टिप्पणीहरू