‘प्रेम दिवस’मा पूर्वेली सर्जकहरु सकृय

‘प्रेम दिवस’मा पूर्वेली सर्जकहरु सकृय

‘भ्यालेटाइन डे’ को अवसर पारेर सुनसरीका कविहरुले प्रणय सृजना शीर्षकमा आफ्ना सिर्जनाहरु वाचन गरेका छन् । इटहरी २ स्थित संगीत साधना प्रतिष्ठानको सभाकक्षमा उनीहरुले यो वाचन कार्यक्रमको आयोजना गरेका हुन् ।

वाचन कार्यक्रममा धरानका कवि चन्द्र गुरुङ,सुदीप पाख्रिन,बीरेन सुब्बा, विशाल नाल्बो,तीर्थराज बिक, करुणा राई,एकराज थापा लगायतले कविता वाचन गरेका थिए । यस्तै, इटहरीकी टीका आत्रेय,राज आशातित,जीबी गजल,विनोद विवश,प्रभाष गौतम,मिश्रा गुरुङ, गोकर्ण खड्का,सोमराज सार्की, सन्जीप तिम्सिना,नवराज मैनाली, राधा रमा,विनय सरगम,किरण सिवा,सुमन रेग्मी,प्रमोद ढकाल,प्रो. निफोली लगायतले विभिन्न विद्याका आ-आफ्ना सृजना वाचन गरे ।

No description available.

यस्तै,डा.भक्त राई,सन्तोष सुवेदी, सूर्य तामाङ,दीपा स्पन्दन,छबिना मगर,दीपा लुईँटेल,खगेन्द्र समरस, रोहिणी रसिक लगायतले पनि आफ्नो रचनाहरु पस्किएका हुन् ।

क्यानभास साहित्य समाज तरहराद्वारा आयोजित ‘प्रणय सृजना’ वाचन कार्यक्रममा इटहरी, धरान,बराहक्षेत्र,रामधुनी,धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका हुन् ।

कार्यक्रममा डा. रामजी तिम्सिना, अग्रज कवि बद्री भिखारी,इटहरी भाषा,साहित्य,कला प्रतिष्ठानका संयोजक कृष्णविनोद लम्साल, इटहरी साहित्य सङ्गीत प्रतिष्ठानका सह–संयोजक मणि गुरुङ लगायतले शुभकामना दिए । पृथक ढङ्गबाट सञ्चालन गरिएको कार्यक्रममा आमन्त्रितहरुलाई एकमुष्ट रूपमा स्वागत गर्दै कवि चन्द्र गुरुङको कविताबाट कार्यक्रम समापन गरियो । समाजका अध्यक्ष भरत दाहालले यस्तो कार्यक्रमले साहित्य सिर्जनमा सहयोग पुग्ने बताए ।

No description available.

 

टिप्पणीहरू