चुनावी खर्च जुटाउन दुई मन्त्री व्यस्त

चुनावी खर्च जुटाउन दुई मन्त्री व्यस्त

आगामी बैशाख मसान्तमा हुने निर्वाचन लक्षित बजेट जुटाउनेबारे विभागीय दुई मन्त्रीबीच छलफल भएको छ । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच बजेट जुटाउने विषयमा छलफल भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक पर्ने बासस्थानको व्यवस्थापन र सवारी साधनमा लाग्ने बजेट बारेमा उहाँहरुबीच छलफल भएको बताइएको छ ।

छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र योजना महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाल पनि सहभागी थिए ।

टिप्पणीहरू