ललितपुरका विद्यार्थीलाई पर्सीदेखि दोस्रो डोज, यसरी तोकिए खोप केन्द्र

ललितपुरका विद्यार्थीलाई पर्सीदेखि दोस्रो डोज, यसरी तोकिए खोप केन्द्र

ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले पर्सीबाट काेभिड-१८विरुद्धको फाइजर खोपको दोस्रो डोज पाउने भएका छन् । महानगरले यसअघि फाइजरकाे पहिलाे डाेज लगाएका १२ देखि १७ वर्ष उमेरकासम्म विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डाेज दिन लागेको हो ।

खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय खाेप केन्द्रमा चल्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनका अनुसार २७ पुसमा फाइजर लगाएकालाई २० माघमा वडा नम्बर १ देखि ४ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

२८ पुसमा खोप लगाएकालाई २१ माघमा वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । त्यस्तै, २९ पुसमा खोप लगाएकाले २३ माघमा वडा नम्बर ९ देखि १४ र १५ का केही विद्यालयमा खोप लगाउन सक्नेछन् ।

त्यसैगरी, ३० पुसमा खोप लगाएकालाई २४ गते माघमा वडा नम्बर १५ का बाँकी विद्यालय र वडा नम्बर १६ देखि २१ सम्मका विद्यालयमा व्यवस्थापन गरिएको छ । २ माघमा खोप लगाएकाको हकमा महानगरपालिकाले २५ माघमा वडा नम्बर २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र ताेकेकाे छ ।

टिप्पणीहरू