अमेरिकी सुन्दरी न्यूयोर्कमा हामफालिन्

अमेरिकी सुन्दरी न्यूयोर्कमा हामफालिन्

अमेरिकी पूर्वसुन्दरी चेस्ली क्रिस्टले न्यूयोर्कको एउटा भवनबाट हामफालेर आत्महत्या गरेकी छन् । ३० वर्षीया सुन्दरी स्थानीय समयानुसार आइतवा र बिहान न्युयोर्कको व्यस्त म्यानह्याटनको एउटा अग्लो भवनबाट हामफालेकी हुन् ।

सन् २०१९ मा मिस युएसएको ताज पहिरिएकी उनी कानुन विषयको अध्ययनपछि मुलुकलाई योगदान गर्ने भन्दै कानुनी क्षेत्रमा नै सक्रिय थिइन् । उनले अमेरिकाका दुईवटा राज्यका अदालतमा बहस पैरवी गर्ने इजाजतसमेत प्राप्त गरेकी थिइन् । पछिल्लो समय एउटा टेलिभिजन कार्यक्रममा व्यस्त थिइन् ।

हामफाल्नुअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मिस युएसएको ताज पहिरिएको फोटो पोष्ट गर्दै ‘आजको दिनले तिम्रो आत्मालाई शान्ति मिलोस्’ स्टाटस लेखेकी थिइन् ।

उनको आत्महत्याबारे थप जानकारी बाहिर आएको छैन । प्रहरी र परिवारका सदस्यले तत्काल केही पनि बताउन नसकिने भनेका छन् ।

टिप्पणीहरू