एमाले, राप्रपा र जनमत पार्टी सम्वद्ध विद्यार्थी संगठन संयुक्त आन्दोलनमा

एमाले, राप्रपा र जनमत पार्टी सम्वद्ध विद्यार्थी संगठन संयुक्त आन्दोलनमा

भैरहवा बहुमुखी क्याम्पसले वर्ष भरिको शुल्क एकमुष्ट लिने गरी निर्णय गरेपछि तीन विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । एमाले, राप्रपा र सिके राउत नेतृत्वको जनमत पार्टी सम्वद्ध विद्यार्थी संगठनहरु संयुक्त आन्दोलनमा उत्रिएका हुन्।

क्याम्पस प्रशासनले शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीसँग एकमुष्ट रकम लिने निर्णय गरेको विरोधमा उनीहरु आन्दोलनमा गएका हुन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखलगायत विभिन्न पदमा रहेकाको भत्ता बढाइएको, उनीहरुको नीजि प्रयोगका निम्ति सवारीसाधन (कार) किन्ने तयारी गरेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनमा जानुपरेको दाबी गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले विभिन्न पाँच बुँदे माग राख्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई ज्ञापनपत्र पनि बुझाएका छन् । विगत सात वर्षका निर्णय र सात वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन उनीहरुको माग छ । त्यस्तै, एलएलबी संकाय संचालनमा ल्याउन पहल गर्नुपर्ने, क्याम्पसको बाँकी भवन निर्माणका लागि टेण्डर आह्वान गर्नुपर्नेलगायतका माग संयुक्त विद्यार्थी संगठनले राखेका छन् ।

टिप्पणीहरू