पौडेलको ‘फूल भिरैमा’ बजारमा

पौडेलको ‘फूल भिरैमा’ बजारमा

चर्चित लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलले ‘फूल भिरैमा’ बोलको गीत बजारमा ल्याएका छन् । गायक पौडेल, गायीका सुनिता बुढा क्षेत्री र लक्ष्मी खड्काको स्वरमा गीत बजारमा ल्याएका हुन् ।

“फूल भिरैमा सजाउन मायाले तिम्रो सिरैमा” लगायतका मायालु टुक्का प्रयोग भएको गीत पौडेलले आफ्नो युटुब च्यानलमार्फत आज सार्वजनिक गरेका हुन् । गीतमा चर्चित मोडल आसिर प्रताप जंग, सञ्जिव न्यौपाने समर, स्मारीका ढकाल, समारीका ढकाल, शिब पौडेल र एन्जिला केसीको अभिनय रहेको छ ।

गीतको थेगोसमेत निमार्ण गरेका शिब पौडेल हास्य कलाकारको रुपमा गीतमा देखिएका छन् । नेत्र अर्यालको शब्द, गायक पुरुशोत्तम पौडेलको संगित रहेको गीतको बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । गीत गोविन्द पराजुलिले मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गर्दा गीतको अडियो सम्पादन भने खडक बराजुलीले गरेका हुन् ।

ऋषी बराल ‘श्रीजन’को निर्देशन रहेको फूल भिरैमाको अडियो भिडियोको काम उमंग म्यूजिक प्रा.लिले गरेको हो । रामशरण उप्रेतीले छयाङ्कन गरेको गीतको दुश्य सम्पादन तथा कलर शिब पौडेल आफैंले गरेका हुन् । गीतमा ऋङ्गार आर्टीशका रुपमा दिपशन परियार रहेका छन् ।

टिप्पणीहरू