मुख्यमन्त्रीको सम्पत्ति कति ?, करोडको गाडीसँगै घोडा पनि

मुख्यमन्त्रीको सम्पत्ति कति ?, करोडको गाडीसँगै घोडा पनि

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्रीमा नियुक्त चार महिनापछि उहाँले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार उहाँसँग ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख छ ।

हुम्लाको सिमकोट ६ मा २ वटा कित्ता, काठमाडौं महानगरपालिका १६ मा र बाँकेको खजुरामा २ बिघा जग्गा रहेको उल्लेख गरिएको छ । यी सबै सम्पत्ति सबै पुख्र्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरिएको छ ।

शाहीसँग चौंरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको समेत उल्लेख छ । ती सबै आफ्नै घर र जग्गामा पालेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

टिप्पणीहरू