४० वर्षअगाडिको त्यो ऐतिहासिक कागजात

४० वर्षअगाडिको त्यो ऐतिहासिक कागजात

४५ वर्षअगाडि झापा संघर्षको दौरान समातेर नख्खू जेलमा थुनिएका युवा कम्युनिष्टहरुले ०३३ साल चैतको एक रात ललितपुरको नख्खू जेल तोडेका थिए । त्यसरी ६६ फिट लामो सुरुङ खनेर निस्किएकाहरु देशको विभिन्न भागलाई कार्यक्षेत्र बनाएर कोअर्डिनेशन केन्द्रको नामअन्तर्गत संगठन विस्तारमा खटिए । त्यसैक्रममा लुम्बिनीमा त्यस क्षेत्रका अगुवाहरुको भूमिगत बैठक बस्यो । जसमा प्रदीप नेपालसहितको सहभागिता थियो । त्यही बैठकको तत्कालीन महासचिव सीपी मैनालीले गर्नुभएको टिपोट जनआस्थाले फेला पारेको छ ।जसले भन्छ, त्यतिबेला कम्युनिष्टहरु बहस, छलफल, आलोचना, आत्मालोचनाको विधिमार्फत सौहाद्र्रपूर्वक एउटा निश्कर्षमा पुग्थे । त्यही बैठकपछि हो मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रित र वामदेव गौतमहरुसहित संलग्न मुक्तिमोर्चा समूहसँग पूर्वेली कमरेडहरु मिलेर ०३५ साल पुस ११ गते नेकपा (माले) अर्थात् हालको एमाले बन्ने प्रक्रिया शुरु भएको ।

क. दिपेश
आफूलाई जान्ने र ठूलो सम्झने । यहाँका कमरेडहरुलाई तुच्छ ठान्ने । केही संकीर्णतावादी (अतिगोप्यतावादी रुझान) ।

क. शैलेन्द्र
कतिपय सैद्धान्तिक, राजनीतिक, सांगठनिक सवालहरु त्यसबेला उठेर समाधान भएको जस्तो ठानियो । वास्तवमा तिनीहरुमध्ये कतिपयलाई आज पार्टीले हल गर्दैछ । भोलि पनि हल हुँदै जानेछन् । यस कुराले व्यक्तिगत समझदारी र सम्बन्धमा नराम्रोपन ल्याउनु हुँदैन । ल्याएको पनि छैनजस्तो लाग्छ ।

क. भिष्म
क्रान्तिकारी ग्रुपहरुको बीचमा अन्तध्र्वंश मच्चाउने जस्तो व्यवहार हुनुहुँदैन । यस सम्बन्धमा केही गल्ती क. डीद्वारा भयो । संशोधनवादी गुटभित्र काम गर्नु परेकाले त्यसको प्रभावले गर्दा यहाँ नेतृत्व र कार्यकर्ताहरुको बीचमा राम्रो सम्बन्ध रहनमा कमी थिए । अलग सांगठनिक केन्द्र बनाउने निधो गरियो । ड्राफ्ट गर्न बसियो । के.सं.प्रति झुकाव राख्ने कार्यकर्ताहरुको बीचमा रही यस्तो निर्णय भएकाले गर्दा मूलभूत विरोधहरु (को.के. र एम.एम. ग्रुपभित्र) लाई खोज्न थालियो । केही पाइएन । अनि अलग सांगठनिक केन्द्र नबनाउने निर्णय गरियो । मंसिरको बैठकमा भएको बातचितका मसँग सम्बन्धित केही कुराहरुको समस्या भए बताउन आग्रह ।

क. शेखर
मुक्तिमोर्चाको कुनै पनि सांगठनिक संरचना नभएको र अपिल निस्किएकाले मलाई उक्त ग्रुपप्रतिको विश्वास हट्दै गयो । कोअर्डिनेशन संगठनमा सामेल हुने इच्छा बढ्दै गयो । त्यसैले धेरै बैठकहरुमा सामेल हुन सकिन ।

क. प्रदीप
जेठपछि एउटा संगठन बनेको छ । को.के.को नजिकै रही छलफल चलाउने, मतभेदहरु टुंगिएपछि एक हुने भनी कार्यहरुमा विभाजन आइसकेको थियो । क. सिन्धुको किसान क्षेत्रमा अनुभवको कमी छ । काम गर्दागर्दै अनुभवी हुनुहुनेछ । कसले उहाँलाई कसरी सुनायो, त्यसले चरित्र हत्या गरेको सवाल उठाउनुभयो । क. सिन्धुले यहाँ काम थाल्नुभयो । तर, भित्रभित्रै संगठन बनाउँदै जानुभयो ।

मलाई किन विभिन्न बैठकमा बोलाइएन ? को.सं.मा सामेल भएका यहाँका कमरेडहरुबाट मलाई निकै शंका र हेयको दृष्टिले हेरिन्थ्यो । मु.मो. को कमजोर अडानले गर्दा नै यस्तो भएको हो । उदाहरण ः मु.मो. ७ मा चिट टाँसिएको घटना । सुशील, शैलेन्द्रले पनि यसबारे छलफल गर्दै स्पष्ट गर्नुभएन ।

रुपन्देहीमा रहेको मु.मो. ग्रुपलाई तोडफोड गर्दै अलग गर्नुपर्छ, नत्र गुटबन्दी हुन्छ कि जस्तो चिन्तन रहेको थियो कि को.सं.का साथीहरुमा हिसाब किताब बुझाउनको निम्ति सबै (मु.मो.) का कमरेडलाई एकजुट गराउने माग गर्दा पनि कसैले सुनेन । किन ?
क. सुशीलले लेख्नुभएका कतिपय पत्र मेरो हातमा पर्न सकेनन् । अपिल प्रसारणमा मेरो सल्लाह किन लिइएन ? सिन्धु क.ले किन चरित्रहत्याको आरोप लगाउने ?

भदौ १४ पछि बनेको कमिटीको बारेमा,

१. क. सिन्धु (प्रदीप नेपाल) ले कस्तो नेतृत्व दिनुभयो ?
२. कोमको व्यवहारले दिमाग धेरै खल्बल्याएको थियो । उहाँहरुको मुख देख्नु नपरोस् । यो जिल्ला नै छोडुँ र अन्त कतै जाऊँ कि जस्तो लागेको थियो ।
३. कसैसँग भेट्न नपाइने, सबैले इलाका जाने नजाने बारेमा घोच्ने काम गरे ।

क. कपुर
१. मु.मो.का जिम्मेदार क.हरु र क. सिन्धुको पनि कमीहरु
२. धेरै अराजनीतिक कुराहरु भएछन् । धेरै विरोध– क. सुमन र क. प्रदीपप्रति खनिएझैं लाग्यो ।
३. क. सिन्धुसँग रणनीतिक सवालहरुमा विवाद गर्नु उचित, व्यक्तिगत समस्यामा हस्तक्षेप नगरौं । क. कुशललाई व्यक्तिगत चियोचर्चो गर्न पठाइनु ठीक होइन ।
४. को.म.को साथीहरुद्वारा शंकापूर्ण ढंगले इलाकामा कहिले जाने भनी प्रश्नहरु आए । क. सिन्धुकै विचारमा ।
५. सुनेकै भरमा पूर्ण जाँचबुझ नगरी, निर्णयमा पुग्ने क. सिन्धुको कमी एकपक्षीय हो ।
६. क. प्रदीपसँग नराम्रै व्यवहार भएको महसुस गर्छु ।
७. कमरेडहरुमा पूर्वधारणाहरु कायमै छन् कि ? तपाईंले कसरी मधुलाई छोड्न सक्नुभयो ?

क. सुमन
१. क. सिन्धुले दस्तावेजहरु छिट्टै उपलब्ध गराउनुभएको भए तीतामिठाहरु थोरै हुने थिए ।
२. क.कुशललाई गुप्तचर पुलिसको रुपमा उपयोग गर्नु हुन्थेन ।
३. अधैर्यता, भावावेशमा आउने– प्रदीपलाई ‘कमरेड’ भन्न पनि तयार छैन ।
४. पश्चिमाञ्चलका क.हरुको नाममा आएको पत्र शुरुमा दम्पच पार्नु, पछि मात्र दिनु ।
५. मातहतका क.हरुमार्फत नराम्रो गर्न लगाउनु ।
६. नेतृत्व ओगट्न चाहन्छन् भन्ने आरोप लगाउनु मातहतका क.हरुमार्फत)
७. अलिक धाकधम्कीयुक्त व्यवहार ।

विम
– गोप्यता बचाउन नसक्ने भन्ने आरोप ।
– इलाका छोडी भागेको भन्ने कुराले नराम्रो लागेको ।

सुशील
१. यहींको संगठनमा रही इलाका लिई काम गर्ने समझदारी ।
२. क. सिन्धुले को.के.को लाइन राखेपछि बाहिरका कमरेडहरु क्रान्तिकारी संगठनमा सामेल हुने ।
३. कार्यकर्ताहरुसँगको व्यवहारमा रहेका कमीहरुले पनि यस्तो प्रवृत्तिलाई बढावा दियो ।
४. तमाम कामहरुको जिम्मेवार सञ्चालक क. सिन्धु नै हुनुहुन्थ्यो ।
५. सिन्धु र प्रदीपबीचमा असमझदारी रह्यो ।
६. एउटा विचारधारात्मक लेख (आषाढ २, ०३४) लाई चाहियो क्रान्तिकारी एकता समिति वा एनसीपी कमिटीमा एमएल जोड्ने
७. मधुको सवाल हल गर्ने मिति भदौ १, ०३४
८. एकता प्रयास कार्यकर्ता र अगुवाहरु दुवैको (११ भदौ)
९. तुरुन्त विलयमा षड्यन्त्र छ कि क. सिन्धु र अरुहरुमा ?
१०. प्रदीप क.सँग (काँटछाँट, हिसाबकिताबको विषयमा बातचित गरेको)
११. मु.मो. गु्रपले निकालेको अपीलबारे पछि ।

टिप्पणीहरू