श्रीमती जोगाउँदा सैनिक जवान तेस्रो लिङ्गीबाट मरणासन्न

श्रीमती जोगाउँदा सैनिक जवान तेस्रो लिङ्गीबाट मरणासन्न

नेपाली सेनाका एक जना जवान केही बेरअघि राजधानीमै तेस्रो लिङ्गीबाट निर्घात कुटिएका छन् । कोटेश्वर नजिकैको पुलमा उनीमाथि हातपात भएको हो । मादक पदार्थ सेवन गरेकी उनकी श्रीमती र तेस्रो लिङ्गी समूहबीच सामान्य विवाद भएपछि श्रीमती जोगाउन आएका सेनाका जवानमाथि तेस्रो लिङ्गीहरुले कुटपिट गरेको हो ।

घटनास्थल नजिकैबाट हिँड्दै गरेका जनआस्था संवाददाता राजकुमार रायका अनुसार पुल आसपासको क्षेत्र कब्जा गरेर बसेका उनीहरुले सैनिक जवानमाथि हमला गरेका हुन् । कुटाई खाने सैनिक जवानको परिचय खुलिसकेको छैन । जवानकी श्रीमतीमाथि तेस्रो लिङ्गीको समूहले हातपात गरेपछि विवाद सुरु भएको हो ।

‘उनीहरुले हाम्लाई चिनेको छस् ?’ भन्दै सैनिक जवानमाथि हातपात गरेको रायले देखेका हुन् । रायका अनुसार उनीहरुले सडकमा हिँड्ने सर्वसाधरणलाई नजिकैका होटलमा लैजाने र उनीहरुबाट रकम धुतेर दुःख दिने गरेको स्थानीयको गुनासो छ ।

सैनिक जवानमाथि कुटपिट गरेपछी उनीहरु फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू