आमाको आँखा अगाडि १९ दिने नवजात शिशु जले

आमाको आँखा अगाडि १९ दिने नवजात शिशु जले

घरको चुल्हो नजिकै सुताइएका एक नवजात शिशुको जलेर ज्यान गएको छ । रुकुम पूर्वको चौरजहारी नगरपालिका ६ शान्तिबजारमा आज बिहान ओछ्यानमा आगो सल्किएर १९ दिने नवजात शिशुको ज्यान गएको हो ।

सुतिरहेको ओछ्यानमा आगो सल्किँदा स्थानीय रिमबहादुर रोकाका १९ दिने शिशु सुनिल रोकाको जलेर मृत्यु भएको हो । शिशुलाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुईवटै हात आगोले पोलेको छ । शिशुको शव पोष्टमार्टमका लागि जाजरकोट जिल्ला अस्पतालमा लगिएको छ ।

चुल्हो नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) कृष्ण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार हात पोलिएकी आमालाई चौरजहारी अस्पतालमा उपचारपछि घर पठाइएको छ ।

आमा कामले कोठा बाहिर गएको बेलामा शिशु सुताइएको ओछ्यानमा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू